२०८३ बैशाख ६ गते , आईतबार
भारतीय ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु
बिर्तामोड । झापाको मेचीनगरस्थित कालीखोला पुलमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।
बिहीबार राति ८:१५ बजे काँकरभिट्टाबाट बिर्तामोडतर्फ आउदै गरेको प्र १-०१-०१३ प ५८८८ नं. को स्कुटरलाई सोही दिशा तर्फ जाँदै गरेको पीबी ०२ बीआर ७७६५ नम्बरको माल बाहक ट्रकले पछाडीबाट ठक्कर दिई दुर्घटना हुँदा स्कुटर चालक मेचीनगर-६ बस्ने अन्दाजी बर्ष ३३ की लक्ष्मी साह गम्भीर घाईते भइ उपचारको लागि आम्दा अस्पताल धुलाबारी पठाइएकोमा ९:१५ बजे डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
स्कुटर र ट्रक चालक भारत पंजाब अमृतसार जिल्ला भोलेबाबा बस्ने बर्ष ३६ को संदिप सिंहलाई इप्रका काँकरभिट्टाले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।