वर्ल्डलिङ्क कम्युनिकेशन बिर्तामोडद्वारा निःशुल्क चिया वितरण
बिर्तामोड । वर्ल्डलिङ्क कम्युनिकेशन्स लि. बिर्तामोड शाखाले आज बिर्तामोडमा निःशुल्क चिया वितरण गरेको छ । झापामा अत्याधिक चिसो बढेसँगै वर्ल्डलिङ्कले चिया वितरण गरेको हो।
आफ्ना ग्राहक तथा स्थानीय सर्वसाधारणलाई लक्षित गर्दै मङ्गलबार बिर्तामोड ३ स्थित वीरता बजारमा वर्ल्डलिङ्कले चिया वितरण गरेको आयोजकले जनाएको छ ।
सेवाग्राहीसँग आत्मीयता बढाउन र सम्बन्ध मजबुत बनाउनुका साथै समुदायप्रति कम्पनीको सामाजिक उत्तरदायित्व अभिव्यक्त गर्नु कार्यक्रमको उद्देश्य रहेको आयोजकले जनाएको छ । चिया वितरणका क्रममा वर्ल्डलिङ्कका प्रतिनिधिहरूले इन्टरनेट सेवासम्बन्धी जानकारीसमेत प्रदान गरेका थिए ।
स्थानीय बासिन्दाहरूले वर्ल्डलिङ्कको यस पहलको प्रशंसा गर्दै यस्ता सामाजिक गतिविधिले सेवाप्रदायक र समुदायबीचको सम्बन्ध अझ सुदृढ हुने बताएका छन् । कार्यक्रममा १५० बढीले चिया खाएको आयोजकको भनाइ छ ।