२०८३ बैशाख ६ गते , आईतबार

आज तमु ल्होसार, नेकपा संयोजक प्रचण्डद्वारा शुभकामना व्यक्त

sajilo news
परिवेश मिडिया
२०८२ पौष १५ गते , मंगलबार
आज तमु ल्होसार, नेकपा संयोजक प्रचण्डद्वारा शुभकामना व्यक्त

बिर्तामोड । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले तमु समुदायको महान् पर्व 'तमु ल्होसार' र दुरा समुदायको 'म्हैप्रु नकुमा' पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।
नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले तमु समुदायको महान् पर्व 'तमु ल्होसार' र दुरा समुदायको 'म्हैप्रु नकुमा' पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।
शुभकामना सन्देशमा उनले बहुजाति, बहुभाषा र बहुसंस्कृतिको संगमस्थल रहेको नेपालमा सबै समुदायको सहअस्तित्व, समानता र समावेशितालाई जोड दिएका छन्। राज्य नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र राष्ट्रिय एकता सुदृढ हुने विश्वास व्यक्त गर्दै उनले गणतन्त्रको छहारीमा यस्ता संस्कृतिहरूको संरक्षण र प्रवर्द्धन गर्नु आजको प्रमुख आवश्यकता रहेको बताए।
अन्त्यमा, उनले ल्होसार र म्हैप्रु नकुमा पर्वलाई हर्षोल्लासका साथ मनाउन आग्रह गर्दै यी पर्वहरूले नेपालीहरूबिचको पारस्परिक सद्भाव र सहिष्णुतालाई अझ मजबुत बनाउने कामना समेत गरेका छन्।

सम्बन्धित समाचार