२०८३ आश्विन १७ गते , शनिबार

फरार अभियुक्त १२ बर्षपछि पक्राउ

sajilo news
परिवेश मिडिया
२०८२ पौष १५ गते , मंगलबार
फरार अभियुक्त १२ बर्षपछि पक्राउ

बिर्तामोड । जिल्ला प्रहरी कार्यालय इलामले फरार अभियुक्तलाई १२ बर्षपछि पक्राउ गरेको छ । माई नगरपालिका वडा नम्बर १ बस्ने ३५ बर्षीय डिल्लीराम राईलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

वन पैदावर मुद्धामा जिल्ला अदालत इलामले २०७० असार २५ गते राईलाई १ बर्ष कैद र ८० हजार जरिवाना हुने फैसला सुनाएको थियो । त्यस यता फरार राईलाई प्रहरीले सोमबार माइ नगरपालिका वडा नम्बर १ बाट पक्राउ गरेको जिल्ला प्रहरी इलामले जनाएको छ । पक्राउ परेका राईलाई जिल्ला अदालत इलाममा उपस्थित गराई अदालतको फैसला कार्यान्वयनका लागि आजै कारागार पठाइएको जिप्रका इलामका सूचना अधिकारी डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

 

सम्बन्धित समाचार