२०८३ बैशाख ६ गते , आईतबार

नेकपा र नाउपाबिच एकीकरण गर्ने सहमति

sajilo news
परिवेश मिडिया
२०८२ पौष १४ गते , सोमबार
नेकपा र नाउपाबिच एकीकरण गर्ने सहमति

बिर्तामोड । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बीच एकीकरण हुने भएको सोमबार नेकपाका संयोजक पुष्पकमल दाहाल, सहसंयोजक माधवकुमार नेपाल नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठबीच पार्टी एकतासम्बन्धी सहमति भएको हो

सहमतिअनुसार दुई पार्टी एकतापछि पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी चुनाव चिह्न तारा नै रहने दुवै पार्टीबाट संघ, प्रदेश स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरू स्वतः नेपाली कम्युनिस्ट पार्टीको सदस्य हुने पनि सहमतिमा उल्लेख

त्यस्तै टीकापुर घटनाका सम्बन्धमा कुनै पनि व्यक्तिलाई प्रतिशोधका आधारमा लगाइएका झुट्टा मुद्दाको खारेजी लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने पनि सहमतिको बुँदामा उल्लेख

यसअघि श्रीमान् रेशम चौधरी रहेको नाउपा नेपालसँग एकता गर्ने भने पनि रञ्जिता नेतृत्वको नाउपा नेकपासँगको एकीकरण प्रक्रियामा जाने भएको हो करिब महिनाअघि पार्टीबाट अलग भएका रेशमले कात्तिक गते कबिर सोबको नेतृत्वमा नाउपा नेपाल गठन गरेका थिए रेशम रञ्जिताले पुस १२ गतेका लागि पार्टी एकीकरणको समयसमेत तोकेका थिए

यस्तो नेकपा नाउपाबीचको एकता सहमति

१. विगतमा पार्टी राज्यका विभिन्न निकायहरूमा जिम्मेवारी वहन गर्दा भए गरेका सवल दुर्वल पक्षहरूको वस्तुनिष्ठ समीक्षा गर्दै कमी कमजोरीहरू सच्याउने सङ्घीयता, सुशासन, समृद्धि सामाजिक न्यायको माध्यमबाट समाजवादको दिशामा अगाडि बढ्ने

२. मुलुकको सार्वभौमिकता, स्वाधीनता भूअखण्डताको रक्षा गर्दै पहिचान अधिकारसहितको सङ्घीय समाजवादी गणतन्त्र प्राप्तिको रणनीतिक लक्ष्य प्राप्तिका लागि सडक, सदन सरकार तीनवटै क्षेत्रवाट सङ्घर्षरत रहने

३. समाजवादका लागि नेपालको मौलिक वाटोको रूपमा सङ्घीय शासन प्रणाली, लोकतान्त्रिक मूल्य मान्यता, वर्गीय, जातीय, क्षेत्रीय लिङ्गीय विभेदको अन्त्य तथा समतामूलक, न्यायपूर्ण विभेदरहित समाज निर्माण गर्ने कामको पहलकदमी नेतृत्व गर्दै नेपाली विशेषताको समाजवादलाई पार्टीको कार्यक्रमको रूपमा अङ्गिकार गर्ने त्यसको आधारमा देशको सामाजिकआर्थिक रूपान्तरणका लागि कटिबद्ध रहने

४. पार्टीलाई सामूहिक नेतृत्व समावेशी प्रतिनिधित्व तथा सङ्घीयतालाई आत्मसात गर्दै जनवादी केन्द्रीयताको सङ्गठनात्मक पद्धतिअनुरूप सञ्चालन गर्ने

५. नेपाली कम्युनिष्ट पार्टी नागरिक उन्मुक्ति पार्टीबीच एकीकरणपश्चात् पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी चुनाव चिन्ह तारा रहने दुवै पार्टीवाट संघ, प्रदेश स्थानीय तहमा निर्वाचित जन प्रतिनिधिहरु स्वतः नेपाली कम्युनिष्ट पार्टीको सदस्य हुनेछन्।

६. नागरिक उन्मुक्ति पार्टीको सङ्गठनात्मक संरचनामा रहेका केन्द्रीय समितिलगायत साविकका सम्पूर्ण समितिहरू जनवर्गीय सङ्गठनहरू आपसी सहमतिको आधारमा नेपाली कम्युनिष्ट पार्टीमा समायोजन गर्ने

७. नेपालको वर्तमान संविधानको सकारात्मक पक्षहरूको रक्षा सुदृढीकरण गर्दै शासकीय स्वरूप, निर्वाचन प्रणाली, सङ्घीय संरचनाको सवलिकरणलगायतका विषयमा नवयुवा पुस्ताको समेत भावनाको आधारमा राष्टको सर्वोपरी हितमा सविधान संशोधन अग्रगामी परिमार्जन गर्न पहल गर्ने

८. राजनीतिक, आर्थिक, सामाजिक साँस्कृतिकरूपले वहिष्करणमा परेका वा पारिएका महिला, थारु, मधेसी, आदिवासी जनजाति, खस, दलित, मुस्लिम, पिछडा वर्ग, अल्पसङ्ख्यक समुदाय, विपन्न वर्ग पिछडिएको क्षेत्रलगायतका सीमान्तीकृत वर्ग समुदायहरूलाई राज्यका सबै अड्ग, तह निकायमा समानुपातिक समावेशीकरणको प्रत्याभूति गराउने

९. देशका श्रमिक वर्ग उत्पीडित समुदायहरूको एकतामा जोड दिदै समाजवादी क्रान्तिका लागि राष्ट्रिय शक्ति निर्माणका लागि पहल गर्ने

१०. टीकापुर घटनाका सम्बन्धमा कुनैपनी व्यक्तिलाई प्रतिशोधका आधारमा लगाइएका झुट्टा मुद्धाको खारेजी लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने

सम्बन्धित समाचार