२०८३ बैशाख ६ गते , आईतबार

पूर्व गृहमन्त्री लेखक आयोगमा हाजिर

sajilo news
परिवेश मिडिया
२०८२ पौष १४ गते , सोमबार
पूर्व गृहमन्त्री लेखक आयोगमा हाजिर

बिर्तामोड । नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनपछि गठित जाँचबुझ आयोगमा बयान दिन उपस्थित भएका छन् । 
आयोगले पत्र लेखेर आइतबारसम्म उपस्थित हुन भने पनि लेखक आज सोमबार सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालय पुगेका हुन् ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा भएको धनजनको क्षतिमा तत्कालीन गृहमन्त्रीको हैसियतमा लेखकसँग आयोगले बयान लिन लागेको हो ।
सरकारले जेनजी आन्दोलनको घटना छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका बेला लेखक गृहमन्त्री थिए । 

सम्बन्धित समाचार