२०८३ बैशाख ६ गते , आईतबार
उज्यालो नेपाल र प्रलोपा चुनावी सहकार्यका लागि छलफलमा
झापा । डा. बाबुराम भट्टराई संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी र उर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपालबिच चुनावी सहकार्यबारे छलफल हुने भएको छ ।
आइतबार साँझ प्रलोपा र उज्यालो नेपाल पार्टीका नेताहरूबिच आगामी निर्वाचनमा सहकार्यका सम्भावनाबारे छलफल गर्न छलफल हुन लागेको हो । यसअघि रास्वपा र बालेन सहितको एकतामा जोडिने भनेका कुलमान अन्तिम समयमा छुटेका थिए ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष परिषद्का सदस्य सुदन किराँतीले पनि यसअघि पटकपटक छलफल भएको र आज पनि छलफल हुने जानकारी दिए ।
‘हामी निरन्तर संवादमै छौँ । हाम्रो गन्तव्य पार्टी एकतासम्मको हो,’ उनले भने ।