२०८३ बैशाख ६ गते , आईतबार
स्रोत नखुलेको लाखौँ रकमसहित विराटनगरका अग्रवाल पक्राउ
झापा । स्रोत नखुलेको ६ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–६ बस्ने ४९ वर्षीय अरबिन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गरेको हो ।
विराटनगर महानगरपालिका–१५ स्थित सुनसरी ट्रेडिङ सेन्टर अगाडि सडकबाट उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
भारततर्फबाट आउँदै गरेको प्रदेश नम्बर १–०४–००१ च ०१६४ नम्बरको कार चेक गर्ने क्रममा स्रोत नखुलेको उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका अग्रवालमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।