२०८३ बैशाख ६ गते , आईतबार

इलाम-झापा मैत्री समाज बिर्तामोडमा पुन: लामिछाने

sajilo news
परिवेश मिडिया
२०८२ पौष १२ गते , शनिबार
इलाम-झापा मैत्री समाज बिर्तामोडमा पुन: लामिछाने

बिर्तामोड । इलाम-झापा मैत्री समाज विर्तामोड नगर समितिको छैठौँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ। शनिबार बिर्तामोडस्थित अतिथि सदनमा कार्यक्रम सम्पन्न भएको हो ।
अधिवेशनबाट अध्यक्षमा पुन: अन्जु लामिछाने चयन भएकी छन्  । समितिको उपाध्यक्ष दुर्गा पोखरेल, सचिव निर कुमार खत्री, सह-सचिव विमल कट्टेल र कोषाध्यक्षमा गंगा खनाल चयन भएका छन् ।
सदस्यहरुमा जोशिला खत्री, सविता आचार्य, शुशिला कर्माचार्य, श्रद्वा सुमन शर्मा, सिता अधिकारी र  गोपाल दाहाल चयन भएको निवर्तमान सचिव मिलन कोइरालाले जानकारी दिए ।
कार्यक्रममा इलाम-झापा मैत्री समाज झापाका पूर्व अध्यक्ष श्याम खड्गी, वर्तमान अध्यक्ष तिलोत्तमा खत्री, प्रहरी निरीक्षक ढुण्डिराज गिरी, बुद्धशान्ति नगर अध्यक्ष डिल्ली नेपाललगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा जिल्ला उपाध्यक्ष नरेश कर्माचार्य, महासचिव दिनेश भट्टराई, सचिव सागर रिजाल, युनिकम नेपालका केन्द्रीय अध्यक्ष गजेन्द्र पौडेललगायतको उपस्थिति रहेको थियो ।
अधिवेशनले आगामी कार्यकालका लागि विभिन्न कार्यक्रम पारित गरेको छ ।
अन्जु लामिछानेको अध्यक्षता तथा इलाम नगरपालिकाका पूर्व उपाध्यक्ष तथा इलाम वाणिज्य संघका पूर्व अध्यक्ष भिष्म वैद्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम सचिव मिलन कोइरालाले सञ्चालन गरेका थिए । 

सम्बन्धित समाचार