२०८३ बैशाख ६ गते , आईतबार

केन्द्रीय कारागारबाट फरार कैदीको भारतमा मृत्यु

sajilo news
परिवेश मिडिया
२०८२ पौष १२ गते , शनिबार
केन्द्रीय कारागारबाट फरार कैदीको भारतमा मृत्यु

बिर्तामोड । काठमाडौँस्थित केन्द्रीय कारागार सुनधाराबाट फरार भएका एक जना कैदीको भारतमा मृत्यु भएको छ । बिर्तामोड नगरपालिका वडा नं. ३ बस्ने वर्ष ४० को आलम मियाको मृत्यु भएको हो ।
ज्यान जे आन्दोलनको क्रममा भदौ २४ गते फरार भएका आलम भारतको हिमाञ्चल प्रदेशस्थित एचएण्डएफए  पानी प्रसोधन कम्पनीमा काम गर्दा गर्दै पुस १० गते बेहोस भई लडेर उपचारको क्रममा मृत्यु भएको आफन्तलाई उधृत गर्दै प्रहरीले जनाएको छ । आलमको सब भारतको पश्चिम बङ्गालस्थित गल्गलिया हुँदै नेपाल ल्याइएको प्रहरीले जनाएको छ ।
आलम जबरजस्तरी करणी मुद्दामा विगत चार वर्षदेखि कैद भुक्तान गरिरहेका थिए। 

सम्बन्धित समाचार