२०८३ बैशाख ६ गते , आईतबार

एक्स थ्री बक्सिङ क्लबद्वारा अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रलाई सहयोग

sajilo news
परिवेश मिडिया
२०८२ पौष १२ गते , शनिबार
एक्स थ्री बक्सिङ क्लबद्वारा अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रलाई सहयोग

बिर्तामोड एक्स थ्री बक्सिङ्ग क्लबले अर्जुनधारा मा रहेको अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रलाई सहयोग गरेको शनिबार बिर्तामोड नयाँबसपार्कस्थित थाम्सुहाङ मार्केटमा रहेको क्लबले सरोकार केन्द्रलाई खाद्यान्न सहयोग गरेको हो

संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रलाई सहयोग गरेको बक्सिङका निर्णायकसमेत रहेकी क्बलका प्रबन्ध निर्देशक जोया सुब्बाले बताइन् साहाराबिहीन बालबालिकालाई सहयोग गर्न पाउँदा खुशी लागेको उनको भनाई क्लबले केन्द्रमा पुगेर बोरा चामल, दाल, तेल, चिनी, सेनेटरी प्याड, बिस्कुट, साबुन, दन्तमञ्जन जस्ता दैनिक आवश्यकीय सामाग्री सहयोग गरेको थियो

सहयोग हस्तान्तरण संक्षिप्त कार्यक्रममा क्लबका प्रशिक्षकद्वय राजु कुरुम्बाङ डम्बर लिम्बु सहभागी थिए क्लबले अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ काम गरिरहेको प्रबन्ध निर्देशक सुब्बाले बताइन् क्लबले महिला खेलाडीलाई प्रोत्साहन गर्ने उद्धेश्यले निशुल्क भर्नाको व्यवस्थासमेत गरेको बताइएको

बाल सरोकार केन्द्रमा महिला पुरुष गरेर १४ जना बालबालिका आश्रित रहेको केन्द्रका अध्यक्ष कृष्ण दुलालले बताए केहि बालबालिका शारीरिक रुपमा असक्त रहेका छन्   

 

 

सम्बन्धित समाचार