२०८३ बैशाख ६ गते , आईतबार

संसद् पुनर्स्थापना नहुने प्रचण्डको दाबी

sajilo news
परिवेश मिडिया
२०८२ पौष ११ गते , शुक्रबार
संसद् पुनर्स्थापना नहुने प्रचण्डको दाबी

झापा दुई ठूला दल नेपाली कांग्रेस नेकपा एमाले संसद पुनर्स्थापनाको पक्षमा रहेका बेला नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले संसद् पुनर्स्थापना नहुने दाबी गरेका छन् पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसएमालेले निर्वाचन नै नलडी आफू स्वतः ठुलो हुन पाइन्छ कि भनेर संसद् पुनर्स्थापनाको कुरामा लागेको आरोप लगाए

उनले भने, ‘न्यायालयमा पनि जानुभएको तर तपाईँ सबै यो जनतालाई नै भन्न चाहन्छु कुनै भ्रममा पर्न आवश्यक छैन संसद् पुनर्स्थापना अहिले हुँदैन निर्वाचन अब अगाडि आई नै सक्यो निर्वाचनमा एक ढिक्का भएर लाग्नुपर्ने मलाई विश्वास आज भोलिदेखि नै नेपाली कांग्रेस एमाले पनि सम्पूर्ण रूपले निर्वाचनमा केन्द्रित हुनेछन्

उनले आगामी निर्वाचनमा आफ्नो पार्टी एक नम्बरको बन्ने दाबी गरे उनले जेनजी आन्दोलनपछि भदौ २५ गते राष्ट्रपति कार्यालयमा आफूहरूको सक्रियताकै कारणले देश थप दुर्घटनामा जानबाट बचाएको जिकिर गरे

उनले थपे, ‘निर्वाचन नभए थप अन्योल हुन्छ थप दुर्घटना निम्त्याउने जोखिम हुन्छ अब सिङ्गो राष्ट्र निर्वाचनमा केन्द्रित हुने आम जनतालाई त्यता पट्टि आकर्षित गर्न जरुरी

प्रचण्डले यस्तो दाबी गरिरहँदा नेपाली कांग्रेस संसद पुनर्स्थापनाको साथसाथै चुनावी तयारी समेत गरिरहेको आगामी निर्वाचनका लागि कांग्रेसले उम्मेदवार सिफारिसको कामलाई अगाडी बढाएको

सम्बन्धित समाचार