२०८३ बैशाख ६ गते , आईतबार

एमाले सचिवमा उठ्ने तयारीमा शेरधन राई

sajilo news
परिवेश मिडिया
२०८२ मंसीर २५ गते , विहीबार
एमाले सचिवमा उठ्ने तयारीमा शेरधन राई

बिर्तामोड नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले आगामी ११ औं महाधिवेशनमा आफू सचिव पदमा उठ्ने तयारीमा रहेको स्पष्ट गरेका छन्

अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई साथ दिँदै आएका राईले यसपटक पार्टीमा आफूलाई पदाधिकारीका रूपमा हेर्ने माहोल बनेको बताए

बिहीबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टी पदाधिकारमा क्रमैसँग अघि बढ्दै आएको अनुभवका आधारमा सचिव पद स्वाभाविक दाबी भएको उल्लेख गरे

१०औं महाधिवेशनमा पनि पदाधिकारीमा जान खोजे पनि अन्ततः सहमतिको कारण स्थायी कमिटीमै बस्नु परेको उनको भनाइ थियो

राईले आफू पार्टीका हरेक चुनौती संकटमा अडिग रूपमा उभिएको नेता भएको दाबी गर्दै भने, ‘ पार्टीबाट नबरालिएको मान्छे हो आजसम्म कुनै मोडमा बाटो नबिर्सिएको छवि बनाएको छु

उनले गाउँबाट सुरु गरेको राजनीतिक यात्राले आफूलाई स्थायी कमिटीसम्म पुर्याएको उल्लेख गर्दै प्रमुख दलमा नेतृत्व निर्माण चुनौतीपूर्ण हुने बताए पार्टीका धेरै नेताले आफूलाई पदाधिकारी दाबी गर्न स्वाभाविक रूपमा हेरेको उनले बताए

११औं महाधिवेशनमा ,२६२ प्रतिनिधि सहभागी हुनेछन् कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राईले कार्यकर्ता महाधिवेशन प्रतिनिधिले पनि आफूलाई उपमहासचिव सचिव दुवै पदका लागि योग्य ठानेको बताए यदि सहमतिले अघि बढ्यो भने सचिव पदमै मेरो उम्मेदवारी रहनेछ,’ उनले स्पष्ट पार्दै भने, ‘स्थायी कमिटीबाट सचिव पदमा जानु स्वभाविक प्रक्रिया पनि हुन्छ

राईले अध्यक्ष केपी शर्मा ओलीदेखि अन्य नेताहरूसम्मले आफ्नो दाबीलाई स्वाभाविक रूपमा स्वीकार गरेको पनि बताएका छन्

सम्बन्धित समाचार