२०८३ बैशाख ६ गते , आईतबार

जेनजी र सरकारबिचको १० बुँदे सम्झौतामा के छ ?

sajilo news
परिवेश मिडिया
२०८२ मंसीर २४ गते , बुधबार
जेनजी र सरकारबिचको १० बुँदे सम्झौतामा के छ ?

झापा सुशासनको मागसहित गत भदौ २३ २४ गते भएको जेनजी आन्दोलनको क्रममा उठेका मागलाई राज्यले सम्बोधन गर्ने सहमति गरेको बुधबार सिंहदरबारमा सरकार जेनजी युवाहरुबिच उक्त मागलाई सम्बोधन गर्ने बिषयमा सहमति भएको हो

यसरी सरकार जेनजीबीच भएको दश बुँदे सम्झौतामा यस्ता विषयहरू उल्लेख छन् :

१. शहीद घाइतेको सम्मान परिपूरण

सम्झौता अनुसार, भाद्र २३२४ को आन्दोलनमा ज्यान गुमाएकाहरूलाई शहीद घोषणा गरिनेछ शहीद परिवार घाइतेहरूलाई क्षतिपूर्ति, निःशुल्क स्वास्थ्य उपचार, शिक्षा, रोजगारी, सामाजिक सुरक्षा स्मृतीकरणको व्यवस्था गरिनेछ साथै सदाचार सुशासन प्रवद्र्धन तथा भ्रष्टाचार निवारणका लागि स्थायी आयोग गठन गरिनेछ

२. भाद्र २३२४ का घटनाको अनुसन्धान

दोस्रो बुँदामा उल्लेख भएअनुसार, सरकारले गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगले अत्याधिक बलप्रयोग गैरन्यायिक हत्याको छानबिन गरी दोषीहरूलाई फौजदारी कारबाही गर्न सिफारिस गर्नेछ आन्दोलनकारीहरूलाई राजनीतिक गतिविधिमा सहभागी भएकै कारण फौजदारी कारबाही गरिने छैन भविष्यमा यस्ता घटना नदोहोरिन संस्थागत सुधारका लागि छुट्टै संयन्त्र गठन गरिनेछ

३. भ्रष्टाचार दलीयकरणको अन्त्य

उच्चस्तरीय आयोग गठन गरी सार्वजनिक पद धारण गरेकाहरूको जीवनशैली सम्पत्ति छानबिन गरिने विषय तेस्रो बुँदामा उल्लेख साथै, यो बुँदामा उल्लेख भए अनुसार, दलीय भागबण्डामा आधारित नियुक्ति अन्त्य गरिनेछ राजनीतिक दल नेताहरूको नाममा रहेका प्रतिष्ठान, कोष ट्रस्टहरूको छानबिन गरी गैरकानूनी सम्पत्ति राष्ट्रियकरण गरिनेछ

४. स्वतन्त्र,निष्पक्ष निर्वाचन नोटाको व्यवस्था

मतपत्रमा नोटा, अर्थात्माथिका कसैलाई मतदान गर्दिन भन्ने विकल्प राखिने चौथो बुँदामा उल्लेख त्यस्तै, राजनीतिक दलभित्र अनिवार्य प्राइमरी इलेक्शन गराइनेछ दलका अध्यक्ष अधिकतम दुई कार्यकालका लागि मात्र हुन सक्नेछन्

विदेशमा बसेका नेपाली प्रवासी श्रमिक तथा विद्यार्थीहरूको मताधिकार सुनिश्चित गरिनेछ उम्मेदवार दलको खर्च पारदर्शी बनाइने विषय यसमा उल्लेख

त्यस्तै, राजनीतिक दलभित्र अनिवार्य रूपमा प्राथमिक प्रतिस्पर्धा (प्राइमरी इलेक्सन) गरी छनोट भएको व्यक्तिमात्र निर्वाचनको लागि उम्मेदवार हुन पाउने कानूनी व्यवस्था गरिने विषय पनि यसमा समेटिएको निर्वाचन आयोगद्वारा तयार गरिने मतपत्रमा दल उम्मेदवारको क्रमाङ्क गोला प्रथाबाट निर्धारण गरिनेछ,’ यो बुँदामा उल्लेख

५. संविधान संशोधन सुझाव आयोग गठन

संविधानको मूल मान्यताहरू कायम राख्दै सुशासन, समावेशिता जनताको आकांक्षा पूरा गर्न संविधान संशोधनका लागि स्वतन्त्र विज्ञ, जेनजी सरोकारवाला सहितको उच्चस्तरीय आयोग गठन गरिनेछ यसरी बन्नेसंविधान संशोधन सुझाव आयोग व्यापक बहस नागरिक परामर्श सञ्चालन गरी उपयूक्त सुझाव दिनेछ

यो बुँदामा उल्लेख , ‘संविधान कार्यान्वयनका दस वर्षको सिंहावलोकन गरी कार्यान्वयनका उपलब्धि कमीकमजोरी पहिचान गर्ने तथा कार्यान्वयनको प्रभावकारिताका लागि ठोस सुझाव दिने

यसबाहेक राज्यको राष्ट्रप्रमुख, तीनै तहको सरकारका कार्यकारी प्रमुख मन्त्रिपरिषद्का सदस्यको पदावधि दुई पूर्ण कार्यकालसम्म सीमित गर्ने विषयमा पनि आयोगले सुझाव संकलन गर्नुपर्ने विषय समेटिएको यस आयोगका लागि चार बुँदे कार्यादेश सम्झौतामा तोकिएको

६. पूर्ण समानुपातिक समावेशिता

महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति, सिमान्तकृत समुदाय, किसान, श्रमिक आर्थिक रूपमा विपन्न खस आर्यको अधिकतम प्रतिनिधित्व सुनिश्चित गरिने विषय सम्झौतामा जेनजी परिषदले यसमा सल्लाहकारको भूमिका निर्वाह गर्नेछ

७. पारदर्शिता जवाफदेहिता

सातौँ बुँदामा उल्लेख भएअनुसार, सरकारका निर्णय खर्च पारदर्शी बनाइनेछ सामाजिक सञ्जाल मार्फत सर्वसाधारणको सहज पहुँचमा पुर्याइनेछ विगतमा गठित सबै छानबिन आयोगका प्रतिवेदन सार्वजनिक गरिनेछ सार्वजनिक पदहरूमा पारदर्शी प्रतिस्पर्धी छनोट प्रक्रिया सुनिश्चित गरिनेछ

८. अभिव्यक्ति डिजिटल स्वतन्त्रता

इन्टरनेट डिजिटल माध्यममा अभिव्यक्ति स्वतन्त्रतामा कुनै किसिमको स्वेच्छिक सेन्सरसिप हुन नदिइने ग्यारेन्टी सम्झौतामा नागरिकको डिजिटल तथ्याङ्कमाथि गैरकानूनी निगरानी दुरुपयोग रोक्न कानूनी प्राविधिक व्यवस्था गरिने पनि यसमा उल्लेख

९. जेनजी परिषद्को गठन

शासन व्यवस्था सञ्चालनमा सरकारलाई योगदान, खबरदारी सुशासनका लागि सल्लाह, सुझाव सहयोग प्रदान गर्नका लागि जेनजी परिषद् गठन गरिने विषय पनि यो बुँदामा उल्लेख गरिएको

१०. सम्झौता कार्यान्वयन

दशौँ बुँदामा माथि उल्लेखित सबै विषय कार्यान्वयन गरिने सुनिश्चितता यो सम्झौता हस्ताक्षर भएको मितिदेखि लागू हुनेगरी यसको कार्यान्वयन नेपाल सरकार जेनजी आन्दोलनका प्रतिनिधिको आपसी सहमतिमा हुने विषय यस बुँदामा समेटिएका छन्

सम्बन्धित समाचार