२०८३ बैशाख ६ गते , आईतबार
विश्वप्रकाश, शेखर र गगन क्रमशः झापा, मोरङ र रोल्पाबाट सिफारिस
झापा । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ नेपाली कांग्रेसले उम्मेदवारको नाम सिफारिस शुरु गरेको छ ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको नाम झापा–१ बाट सिफारिस गरिएको छ । उनको एकल उम्मेदवारी सिफारिस गरिएको हो ।
त्यस्तै मोरङ–६ बाट नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको एकल उम्मेदवारी सिफारिस भएको छ । अर्का महामन्त्री गगन थापाको नाम रोल्पाबाट सिफारिस गरिएको छ । थापाको नाम धनकुटाबाट पनि सिफारिसमा परेको छ ।