२०८३ बैशाख ६ गते , आईतबार

भिक्ट्री मार्सल आर्ट्सद्वारा ग्रेड वृद्धिको प्रमाण पत्र प्रदान

sajilo news
परिवेश मिडिया
२०८२ मंसीर २३ गते , मंगलबार
भिक्ट्री मार्सल आर्ट्सद्वारा ग्रेड वृद्धिको प्रमाण पत्र प्रदान

बिर्तामोड बिर्तामोड मा रहेको भिक्ट्री मार्सल आर्ट्स एण्ड स्पोर्ट्स एकेडेमीले स्तर वृद्धि भएका आफ्ना विद्यार्थीलाई प्रमाण पत्र प्रदान गरेको सोमबार साँझ एकेडेमीमा एक कार्यक्रम आयोजना गरी एकेडेमीले ग्रेडिङमा सफल भएका विद्यार्थीहरुलाई प्रमाण पत्र तथा बेल्ट प्रदान गरेको हो

एकेडेमीले गत १३ गते शनिबार सितोरियो करातेको विभिन्न तहमा प्रशिक्षण लिइरहेका विद्यार्थीहरुलाई परीक्षा लिएको थियो उक्त परीक्षामा सफल विद्यार्थीहरुलाई सोमबार दिक्षित गरिएको एकेडेमीका अध्यक्ष सूर्यबहादुर थापाले जानकारी दिए

परीक्षामा सफल विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथी बिर्तामोड का वडाध्यक्ष राहुल शर्मा विशिष्ठ अतिथी नेपाल सितोरियो सोबुकान कराते डो संघ कोशीका अध्यक्ष शेखर कडेल अतिथी बिर्तामोड का वडा सदस्य केशवकुमार श्रेष्ठलगायतले प्रमाण पत्र तथा बेल्ट वितरण गरेका थिए

प्रमुख अतिथी शर्मा विशिष्ठ अतिथी कडेलले खेलले शारीरिक, मानसिक विकास गर्नुका साथै अनुशासन सिकाउने बताए उनीहरुले शुभकामना मन्तव्यको क्रममा विद्यार्थीहरुलाई आत्मरक्षाका साथै खेल जित्ने मनसायले सिक्न आग्रह गरे

कार्यक्रममा प्रशिक्षार्थी तथा अभिभावकहरुको सहभागिता रहेको थियो  

सम्बन्धित समाचार