२०८३ बैशाख ५ गते , शनिबार

सुन तोलाको २ लाख ५२ हजार

sajilo news
परिवेश मिडिया
२०८२ मंसीर २१ गते , आईतबार
सुन तोलाको २ लाख ५२ हजार

झापा । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा २ लाख ५२ हजार ४०० रुपैयाँ कायम भएको सुनको मूल्य आइतबार साताको पहिलो कारोबार हुँदा २०० रुपैयाँ घटेको हो । 
यस्तै आइतबार १० ग्राम सुनको मूल्य २ लाख १६ हजार २२० रुपैयाँ कायम भएको छ । 
यस्तै चाँदीको मूल्य भने बढेको छ । शुक्रबार तोलामा ३ हजार ५५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर ३ हजार ६०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।  

सम्बन्धित समाचार