२०८३ बैशाख ५ गते , शनिबार
एनपीएल : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दै
झापा । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज अपरान्ह ४ बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दै छन् ।
छ खेलबाट ६ अङ्क जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न अति आवश्यक छ । लुम्बिनीले जितेमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर प्लेअफ होडबाट बाहिरिने छन् । जनकपुरले हालसम्म ५ खेलबाट दुई अङ्क मात्र जोडेको छ । दुई खेल बाँकी नै रहेकाले जनकपुरको पनि प्लेअफ पुग्ने सम्भावना भने जीवितै छ ।