२०८३ बैशाख ५ गते , शनिबार
सुनचाँदीको मूल्य घट्यो
झापा । बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।
अघिल्लो दिन हालसम्मकै उच्च मूल्य प्रतितोला ३ हजार ६५५ रुपैयाँ पुगेको चाँदी आज तोलामा ३० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज चाँदीको भाउ प्रतितोला ३ हजार ६२५ रुपैयाँ तोकेको छ ।
त्यस्तै सुन तोलामा ८ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २ लाख ५४ हजार १ सय रुपैयाँ रहेको सुन आज २ लाख ५३ हजार ३ सय रुपैयाँमा झरेको छ । सुनको भाउ यसअघि असोज ३१ गते हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।