२०८३ बैशाख ५ गते , शनिबार

एनपीएल : अपराजित विराटनगर चितवनद्वारा पराजित

sajilo news
परिवेश मिडिया
२०८२ मंसीर १० गते , बुधबार
एनपीएल : अपराजित विराटनगर चितवनद्वारा पराजित

बिर्तामोड हालसम्मको खेलमा अपराजित रहेको विराटनगर किंग्स बुधबारको खेलमा चितवन राइनोजद्वारा पराजित बनेको बायाँ हाते स्पीनर रन्जित कुमारले पाँच विकेट लिएपछि विराटनगर किंग्सको अपराजित यात्रामा ब्रेक लगाउँदै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो जित हात पारेको हो

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बुधबार भएको खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ४८ रनले पराजित गरेको हो

चितवनले दिएको १७५ रनको लक्ष्य पछ्याएको विराटनगरले १६. ओभरमा सबै विकेट गुमाएर १२६ रनमा अलआउट भयो

विराटनगरका लागि लोहर अर्डका मर्चेन्ट डे लाङले ३९ प्रतिश जिसीले ३० रन बनाए पनि टिमको हार टार्न पर्याप्त भएन डे लाङ प्रतिशले नवौँ विकेटका लागि ३६ रनको साझेदारी गरेका थिए

यस्तै साम हिजलेटले २२ रन जोडे विराटनगरका खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्

विराटनगरलाई अलआउट गर्न चितवनका रन्जितले ओभरमा २१ रन खर्चेर विकेट लिए उनी यस सिजन एकै खेलमा विकेट लिने पहिलो बलरसमेत बने

यस्तै कमल सिंह ऐरीले तथा सोहेल तनविर, सैफ जैब कप्तान कुशल मल्लले समान एकरएक विकेट लिए

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा विकेट गुमाएर १७४ रन बनाएको थियो

चितवनका लागि बोपाराले सर्वाधिक ६५ रन बनाए यस क्रममा उनले ३८ बल खेल्दै चौका छक्का प्रहार गरे सैफ जैबले ३२ देव खनालले २८ रन जोडे कप्तान कुशल मल्लले अविजित रहँदै २० रन जोडे बोपारा कुशल मल्लले छैटौं विकेटका लागि ५६ रनको साझेदारी गरेका थिए

विराटनगरका मर्चेन्ट डे लाङ कप्तान सन्दीप लामिछानेले दुईरदुई तथा शुभम रन्जानले एक विकेट लिएका थिए

सुरुवाती लगातार तीन खेल जित्दै सानदार सुरुवात गरेको विराटनगरको पहिलो हारपछि खेलबाट अंक चितवनले दोस्रो जितपछि खेलबाट अंक जोडेको

सम्बन्धित समाचार