२०८३ बैशाख ५ गते , शनिबार
बलिउड अभिनेता धर्मेन्द्रको निधन, प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त
बिर्तामोड । बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ ।
सोमबार अपराह्न उनको आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, `धर्मेन्द्रको निधनले भारतीय सिनेमाको एउटा युगको अन्त्य भएको छ ।'
बलिउड फिल्म निर्माता करण जोहरले अभिनेता धर्मेन्द्रको निधन भएको पुष्टि गर्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जलि व्यक्ति गरेका छन् ।
उनले भनेका छन्, ‘ धर्मेन्द्रको निधनले एक युगको अन्त्य भएको छ।एउटा विशाल मेगास्टार, मुख्यधारको सिनेमाका एउटा सच्चा हिरोको पहिचान बनाउनु भएको उहाँ भारतीय सिनेमाको इतिहासमा सधैं चम्किरहनुहुनेछ।’