२०८३ बैशाख ५ गते , शनिबार

एनपीएलको पहिलो खेलमा काठमाण्डौ गोर्खाज विजयी

sajilo news
परिवेश मिडिया
२०८२ मंसीर १ गते , सोमबार
एनपीएलको पहिलो खेलमा काठमाण्डौ गोर्खाज विजयी

बिर्तामोड । नेपाल प्रिमियम लिग (एनपीएल)को उद्घाटन खेलमा काठमाण्डौ गोर्खाजले जनकपुर बोल्टसलाई ५ विकेटले पराजित गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले दिएको १३१ रनको लक्ष्य काठमाण्डौले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो ।

लक्ष्य भेटाउन काठमाडौंका बेन चार्ल्सवर्थले ४६,  आकाश त्रिपाठीले ३९, मिलिन्ड कुमारले १९ र जोन सिम्पसनले १३ रनको योगदान गरे ।

जनकपुरका किशोर महतो, अनिल साह, ललित राजवंशी र निकोल लफ्टी इटन र सञ्जय कृष्णमूर्तिले एकरएक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको जनकपुरले ६ विकेट गुमाएर १३० रन बनाएको थियो । जनकपुरका लागि आसिफ शेखले सर्वाधिक ५४ रन बनाए । मयन यादवले ३४ र लाहिरु समारकूनले २२ रन बनाए । अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

काठमान्डौंका लागि मिलिन्द कुमारले ३ विकेट लिए भने सन्तोष यादव, साहबल आलम र करण केसीले एकरएक विकेट लिए ।

एनपीएलको इतिहासमा पहिलोपटक फ्लडलाइटमा खेल भएको हो । अन्य खेलहरु पनि दिनमा र रातमा हुनेछन् ।

सम्बन्धित समाचार