२०८३ बैशाख ६ गते , आईतबार

भदौ २४ गते फरार दुई जना थुनुवा पक्राउ

sajilo news
परिवेश मिडिया
२०८२ मंसीर १ गते , सोमबार
भदौ २४ गते फरार दुई जना थुनुवा पक्राउ

बिर्तामोड । भदौ २४ गते जेनजी आन्दोलनको क्रममा हिरासतबाट फरार दुई जना थुनुवा पक्राउ परेका छन् । झापाको झिलझिलेस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार ननकिशोर साह र राजेन्द्र ताजपुरिया पक्राउ परेका हुन् ।

लागूऔषध मुद्धामा अनुसन्धानका लागि हिरासतमा रहेका साह र ताजपुरिया जेनजी आन्दोलनका क्रममा फरार भएका थिए । शिवसताक्षी ४ बस्ने २९ बर्षीय ताजपुरिया र सोहि स्थान बस्ने ४० बर्षीय साहलाई आइतबार अन्दाजी ४ः३० बजे घर ठेगानाबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

झापाको इलाका प्रहरी कार्यालय दमक, झिलझिले र अनारमनीबाट फरार ९२ जना थुनुवा मध्ये अझै ८२ जना थुनुवा प्रहरी सम्पर्कभन्दा बाहिर रहेका छन् । फरार कैदी तथा थुनुवा पक्राउ गर्न प्रहरीले विशेष अपरेशन नै सञ्चालन गरिरहेको छ ।

सम्बन्धित समाचार