२०८३ आश्विन १७ गते , शनिबार

आज फाल्गुनन्द जयन्ती, कोशीमा सार्वजनिक विदा

sajilo news
परिवेश मिडिया
२०८२ कार्तिक २५ गते , मंगलबार
आज फाल्गुनन्द जयन्ती, कोशीमा सार्वजनिक विदा

बिर्तामोड । किरात धर्मावलम्बीहरुका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती मंगलबार (आज) विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उहाँको महत्त्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गर्नुभएको थियो । यसलाई सत्य धर्म मुचुल्का भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो ।

किरात समाज सुधारका लागि नीतिसमेत निर्माण गरी योगदान गर्नुभएका फाल्गुनन्दको विसं २००५ मा निधन भएको हो । किरात समाज सुधारमा उहाँले पुर्याउनुभएको योगदानको कदर गर्दै उहाँलाई २०६६ मङ्सिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

उनको योगदानको कदर गर्दै किराँती समुदायको बसोबास रहेको पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापालगायत जिल्लामा फाल्गुनन्द जयन्ती मनाउने गरिन्छ ।

राजधानीमा पनि विभिन्न कार्यक्रम गरी किरात समुदायले महागुरु फाल्गुनन्द जयन्ती मनाउने गरिएको छ ।

यसै अवसरमा कोशी प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

 

सम्बन्धित समाचार