२०८३ बैशाख ५ गते , शनिबार

महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई

sajilo news
परिवेश मिडिया
२०८२ कार्तिक २४ गते , सोमबार
महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई

बिर्तामोड झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा सम्पन्न झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबले जितेको

सोमबार भएको फाइनल खेलमा पुलिसले विभागीय प्रतिद्वन्द्वी एपिएफ फुटबल क्लबलाई ले पराजित गर्दै उपाधि उचालेको हो

खेलको २२औँ मिनेटमा पुलिसले खेलमा अग्रता बनायो रेखाले पेनाल्टी बक्सभित्र गरेको सट डिफेन्डरमा लाग्दै फर्किएको बल पेनाल्टी एरियामा अनमार्क रहेकी मिना देउवाको सामु पुग्यो मिनाले गोलकिपरलाई कुनै मौका नदिई जाली चुमाइन् अन्ततः उक्त गोल नै पुलिसको विजेता गोल बन्न सफल भयो

उपाधिसँगै पुलिसले नगद १० लाख १० हजार रुपैयाँ, मेडल ट्रफी पायो उपविजेतामा सीमित एपिएफले नगद लाख रुपैयाँ प्राप्त गर्यो

फाइनलपछि आयोजित पुरस्कार वितरण कार्यक्रममा सर्वोत्कृष्ट खेलाडी सर्वाधिक गोलकर्ताको दुवै उपाधि पुलिसकी मिना देउवाले हात पारिन् उनले प्रतियोगिता अवधिभर गोल गर्दै गोल्डकपकी टप स्कोरर बनेर २५ हजार सर्वोत्कृष्ट खेलाडी बन्दै लाख ५० हजार रुपैयाँ प्राप्त गरिन्

प्लेयर अफ म्याचको उपाधि पुलिसकी पूजा रानाले जितिन् अन्य उत्कृष्ट पुरस्कार विजेताहरूमा उत्कृष्ट गोलकिपर उषा नाथ (पुलिस), उत्कृष्ट डिफेन्डर मनमाया दमाई (एपिएफ), उत्कृष्ट मिडफिल्डर रेनुका नगरकोटी (एपिएफ), उत्कृष्ट फरवार्ड अनिता बस्नेत (एपिएफ), उत्कृष्ट प्रशिक्षक भोला सिलवाल (पुलिस) उदीयमान खेलाडी जेनिफर राना मगर (नेपाल आर्मी) बने सबै उत्कृष्ट विजेताले समान २५ हजार रुपैयाँ प्राप्त गरे

विजेता तथा उपविजेतालाई गोल्डकपका अध्यक्ष सन्तोष थोप्रा, प्रमुख अतिथि शिवसताक्षी नगरप्रमुख मेगाहाङ थोप्रा, झापा गोल्डकपका अध्यक्ष केदार गिरी, अन्तर्राष्ट्रिय झापाली समाजकी उपाध्यक्ष सीता पाण्डेलगायतले पुरस्कार वितरण गरेका थिए

सम्बन्धित समाचार