२०८३ बैशाख ५ गते , शनिबार
दमकबाट दुई जना लागूऔषध कारोबारी पक्राउ
बिर्तामोड । झापाको दमकबाट दुई जना लागूऔषध कारोबारी पक्राउ परेका छन् । दमक ५ बस्ने २५ वर्षीय निराजन सापकोटा र दमक ९ बस्ने २५ वर्षीय अरुण रोक्का पक्राउ परेका हुन् ।
शनिबार दिउँसो ४ बजे लागूऔषध कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले उनीहरुलाई दमक ८ स्थित एनसेल अफिस छेउबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
उनीहरूको साथबाट प्रहरीले प्लाष्टिक बाहेक ८ ग्राम १५ मिलिग्राम ब्राउन सुगर, ३५ हजार नगद, बिभिन्न कम्पनीका मोवाईल ३ थान र बजाज कम्पनीको २०० सिसीको कालो कलरको प्र१-०१-०१४ प ८१६१ नम्बरको मोटरसाइकल बरामद गरेको खड्काले बताए ।
उनीहरूलाई इप्रका दमकमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।