२०८३ बैशाख ६ गते , आईतबार
बिर्तामोडका जगन राजवंशीको हत्या
बिर्तामोड । झापाको बिर्तामोडमा एक व्यक्तिको हत्या भएको छ । बिर्तामोड-५ का जगन राजवंशीको हत्या भएको हो ।
बुधबार साँझ ६:३० बजे ३० वर्षीय राजवंशीलाई केही व्यक्तिहरूले कुटपिट गरेको र उपचारका लागि विएण्डसी अस्पताल लगेकोमा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हत्यामा संलग्न व्यक्तिहरूको पहिचान भइसकेको र खोजतसाल भइरहेको प्रहरीले जनाएको छ ।