२०८३ बैशाख ६ गते , आईतबार

जेन जी भन्दै धम्क्याउने शाही पक्राउ

sajilo news
परिवेश मिडिया
२०८२ आश्विन २९ गते , बुधबार
जेन जी भन्दै धम्क्याउने शाही पक्राउ

बिर्तामोड आफूलाई जेनजी भन्दै सरकारी कार्यालयमा कर्मचारीलाई धम्क्याउँदै पुग्ने गरेका अर्जुनबहादुर शाही पक्राउ परेका छन् अछामको पञ्चदेवल विनायक नगरपालिका घर भएका २६ वर्षीय शाहीलाई प्रहरीले काठमाण्डौको कोटेश्वरबाट पक्राउ गरेको हो

शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डौका एसपी पवन भट्टराईले जानकारी दिए

प्रधानमन्त्री शुसिला कार्कीलाई भेट्न सितल निवाससम्म पुग्ने गरेका शाहीमाथि थुप्रै अभियोग रहेको पाइएको अनुगमन ज्ञापनपत्रको नाममा सरकारी कर्मचारीहरूलाई धम्क्याउँदै हिँड्ने तिनै शाही वैदेशिक ठगी चेक बाउन्सका अभियुक्त रहेको पाइएको

उनीविरुद्ध श्रीकृष्ण फुयालले प्रहरी वृत्त महाराजगञ्जमा चेक बाउन्सको कसुरमा उजुरी दिएका थिए फुयालका अनुसार शाहीले आफ्नो कार्यालयबाट कम्प्युटर, क्यामेराहरू शाहीले लगेका थिए त्यसवापत फुयाललाई चेक दिएका थिए

रेड स्टार प्रोडक्सन एन्ड मिडिया हाउस चलाएका शाहीका पार्टनर होमराज खोपाङ्गी मगर थिए उनीहरूले तीनवटा चेकमार्फत लाख ८० हजार उल्लेख गरेर फुयाललाई दिएका थिए तर खातामा रकम नभएपछि उक्त चेक साटिएन

चेक बाउन्स भएपछि रेड स्टारको खातासमेत कालोसूचीमा रोखिएको थियो त्यसपछि भने फुयालले प्रहरी वृत्त महाराजगञ्जमा जाहेरी दिएका थिए

वृत्त स्रोतले पनि शाहीविरुद्ध चेक बाउन्सको जाहेरी आएको पुष्टि गर्यो जाहेरी आएको हो यो विषयमा अनुसन्धान जारी ,’ प्रहरी स्रोतले भन्यो

चेक बाउन्स मुद्दामा पक्राउ गरेर वृत्र् महाराजगञ्जले अनुसन्धान अघि बढाउन खोज्दा शाही अर्को एउटा मुद्दामा समेत पक्राउ परेको खुल्यो

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको ललितपुर शाखाले शाहीलाई वैदेशिक रोजगारी सम्बन्धीको कसुरमा २८ वैशाख २०८२ मा पक्राउ गरेको थियो

सम्बन्धित समाचार