२०८३ आश्विन १७ गते , शनिबार

बर्षातको वितण्डा : इलाममा १८ जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८२ आश्विन १९ गते , आईतबार
बर्षातको वितण्डा : इलाममा १८ जनाको मृत्यु

बिर्तामोड । केहि दिनदेखि अविरल परेको बर्षातको कारण इलाममा १८ जनाको मृत्यु भएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङमा ५ जना, माङसेबुङ गाउँपालिका–१ मा ३ जना, देउमाइ नगरपालिका–५ मा ३ जना, फाकफोकथुम गाउँपालिका–३ मा रातमाटेमा १ जना र इलाम नगरपालिका–५ घोषमा ६ जनाको मृत्यु भएको हो ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठका अनुसार घाइतेहरुको नेपाली सेनाको हेलिकोप्टरले उद्धार कार्य गरिरहेको छ भने उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली खटिएको छ । घाइतेहरुको एकिन संख्या आइनसकेको प्रहरीले जनाएको छ ।

मेची राजमार्गको विभिन्न भागमा पहिरोका कारण सडक अबरुद्ध बनेको छ ।  

सम्बन्धित समाचार