२०८३ आश्विन १६ गते , शुक्रबार

वेस्ट इन्डिजविरुद्ध नेपालको श्रृङ्खलाबद्द जित

sajilo news
परिवेश मिडिया
२०८२ आश्विन १४ गते , मंगलबार
वेस्ट इन्डिजविरुद्ध नेपालको श्रृङ्खलाबद्द जित

नेपालले वेस्ट इन्डिजसँगको ऐतिहासिक शृंखलामा लगातार दुई जित निकाल्दै एक खेल अगावै शृंखला आफ्नो नाममा गरेको छ ।

२ दिनअघि शनिबार ऐतिहासिक जित हासिल गरेको नेपालले सोमबारको खेलमा प्रभावशाली जित निकालेर टेस्ट राष्ट्रविरुद्ध पहिलो शृंखलामै शानदार प्रदर्शन गरेर शृंखला नै जितेको हो ।

वेस्ट इन्डिजसँगको सोमबारको खेलमा नेपालले ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै पक्षमा गजबको प्रदर्शन र्गयो । विपक्षी खेलाडीलाई नै चकित पार्ने नेपालको फिल्डिङ जोशले मैदानभित्रदेखि संसारभर हेरिरहेका समर्थकहरूमाझ तरंग पैदा गरेको थियो ।

कप्तान रोहित पौडेलले सिरिजअघि बोलेको कुरा प्रमाणित गरेर देखाएका छन् । उनले वेस्ट इन्डिजविरुद्ध शृंखला जित्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

आजको खेलपछि कप्तान रोहितले शृंखला जित्न पाउँदा धेरै खुसी लागेको बताए । ‘२ दिनमै शृंखला जित्न पाउँदा धेरै खुसी लागेको छ, महत्वपूर्ण सिरिज थियो हाम्रो लागि’ उनले भने, ‘विश्वलाई देखाउनका लागि पनि जित्नुपर्ने थियो, हामीमा धेरेको नजर छ । पछिल्ला वर्षमा राम्रो गर्दै आएका छौं , अझै राम्रो हुँदै जानेछ भन्ने आशा छ।’

शृंखलाको दुई खेल मात्र सकिँदा वेस्ट इन्डिजको टोली नेपालसामू निरिह देखिएको छ । अन्तिम खेलमा वेस्ट इन्डिजलाई क्लिनस्वीपबाट जोगिने दबाब पनि रहनेछ ।

दुई खेल, दुई नयाँ इतिहास

नेपाली क्रिकेट टोलीका लागि यस शृंखलामा इतिहास बनाउने दुई अवसर रहेकोमा दुवै पूरा भएको छ ।

आईसीसीको पूर्ण सदस्य राष्ट्रलाई हराउने तथा द्विपक्षीय शृंखला जित्ने पनि नेपाललाई अवसर थियो । शृंखलाका तीनमध्ये दुई खेल मात्र सकिँदा यी दुवै रेकर्ड बनेको छ ।

नेपालले हालसम्म एसोसियट राष्ट्रसँग मात्र द्विपक्षीय शृंखला खेलेको थियो । टेस्ट राष्ट्रसँग खेलेको पहिलो द्विपक्षीय शृंखलामा नै जित निकाल्न सफल भएको हो ।

नेपालले हालसम्म हङकङ, मलेसिया, यूएई, अमेरिका, नेदरल्याण्ड्स, केन्यासँग द्विपक्षीय शृंखला खेलेको छ । जहाँ नेपालले ४ शृंखलामा जित निकालेको छ ।

सन् २०१४ मा श्रीलंकामा भएको शृंखलामा नेपाल हङकङसँग पराजित भएको थियो । त्यस्तै सन् २०१५ मा नेदरल्याण्ड्स गएर खेलेको नेपाली टोलि १ खेलमा विजयी हुँदा २ खेलमा पराजित भएको थियो ।

सन् २०१९ मा यूएईमा भएको शृंखलामा २ खेल जित्दा १ खेलमा पराजित भयो । २०१९ मै मलेसियामा भएको शृंखलामा नेपालले २ मध्ये २ खेल नै जितेको थियो ।

२०२२ मा केन्यामा गएर शृंखला खेलेको नेपालले ३ खेल जित्दा २ खेलमा पराजित भयो । २०२४ मा हङकङमा भएको एकमात्र खेलमा नेपाल पराजित भएको थियो ।

आजको ऐतिहासिक जितसँगसँगै नेपालले कुनै पनि टेस्ट राष्ट्रसँग सबैभन्दा ठुलो अन्तरको जितको रेकर्ड पनि बनाएको छ । त्यस्तै एसोसियट टोलीले टेस्ट राष्ट्रविरुद्ध निकालेको सबैभन्दा ठुलो अन्तरको जित पनि यो बन्यो ।

यसका अलावा टी–२०आई क्रिकेटमा चौथो विकेटका लागि नेपालले हालसम्मकै उच्च साझेदारी पनि बनायो । आसिफ र जोराले चौथो विकेटका लागि १०० रनको साझेदारी गरे ।

सम्बन्धित समाचार