२०८३ बैशाख ५ गते , शनिबार

कक्षा १२ को मौका परीक्षा आजदेखि सुरु

sajilo news
परिवेश मिडिया
२०८२ आश्विन ७ गते , मंगलबार
कक्षा १२ को मौका परीक्षा आजदेखि सुरु

बिर्तामोड कक्षा १२ को मौका (पूरक) परीक्षा आजदेखि सुरु हुँदै यसअघि भदौ २८ २९ गतेका लागि तय गरिएको परीक्षा जेन जी आन्दोलन हिंसात्मक बन्दा सरेको थियो

राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षा आज भोलि (बुधबार) दुई दिन सञ्चालन गर्न लागिएको हो

पहिलो दिन आज अनिवार्य अंग्रेजी (००४१), एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीका सबै विषय, दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयहरुमध्येको सानो कोड भएको विषयको परीक्षा हुने तर, अनिवार्य अंग्रेजी नेपाली दुवै विषयको परीक्षा दिने परीक्षार्थीले पहिले दिन अंग्रेजी दोस्रो दिन नेपालीको परीक्षा दिनु पर्नेछ

यस्तै बुधबार दुवै विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयहरुमध्येको ठूलो कोड भएको विषयको परीक्षा हुनेछ यो दिन अनिवार्य अंग्रेजीको परीक्षा भने हुनेछैन अंग्रेजीको परीक्षा पहिलो दिन अर्थात गते नै तोकिएको

सम्बन्धित समाचार