२०८३ आश्विन १७ गते , शनिबार

अनलाइन सोफा सेन्टरमा चोरी गर्ने पक्राउ

sajilo news
परिवेश मिडिया
२०८२ आश्विन ७ गते , मंगलबार
अनलाइन सोफा सेन्टरमा चोरी गर्ने पक्राउ

बिर्तामोड । झापाको बिर्तामोडस्थित सिटी सेन्टर भित्र रहेको अनलाइन सोफा सेन्टरमा चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । विराटनगर–५ सम्झना चोक बस्ने २७ बर्षीय मो. निजामुद्दिनलाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका हुन् ।

सोहि सोफा सेन्टरमा काम गर्ने निजामुद्दिनले सोमबार साँझ १ लाख रुपैँया चोरी गरेको अनलाइन सोफा सेन्टरका सञ्चालक खड्क थापाले बताए । सेन्टरको सिसिटिभी फुटेजका आधारमा पहिचान गरी स्थानीय युवा एलेक्स क्षेत्री लगायतले आरोपीलाई मंगलबार विहान पक्राउ गरी प्रहरीको जिम्मा लगाएका हुन् । उनले चोरी गरेको रकम सालबारी निवासी कान्छा चौधरीको अटोको सिट मुनी लुकाइएको अवस्थामा फेला परेको थियो ।

 

 

सम्बन्धित समाचार