दुर्गा माविको मर्मतमा अग्रसर भए बिर्तामोडका शैक्षिक संस्था
बिर्तामोड । जेन जी आन्दोलन कै दिन आगलागीबाट क्षति भएको बिर्तामोड-९ गरामनी स्थित दुर्गा माविको भवन मर्मतका लागि बिर्तामोडका दुई शैक्षिक संस्था अग्रसर भएका छन् ।
बिर्तामोड ३ स्थित आदर्श स्कूल अफ होटल म्यानेजमेन्ट र लिंकन मन्टेश्वरी स्कूल दुर्गा माविमा भएको क्षति मर्मतमा जुटेका हुन् । आगलागीका कारण विद्यालयको डिजिटल बोर्ड, कम्प्युटर, ल्यापटप, कुर्सी लगायतका सामाग्री जलेको/हराएको, आगलागीका कारण रंग लगाउनु पर्ने जस्ता समस्या भएको आदर्श स्कुलका निर्देशक संजोग खरेलले बताए ।
खरेलका अनुसार लिंकन र आदर्शले दुर्गा माविमा भएको क्षति मर्मतमा लागि २ लाख बराबरको सामाग्री उपलब्ध गराइने छ।
ती दुई शैक्षिक संस्थाको अभियानमा गोमेन्द्र विर्ता मोडेल स्कूल, न्यूटन एजुकेशन फाउण्डेशन र निधि कलेजले समेत ऐक्यबद्धता जनाएको लिंकन मन्टेश्वरीका संचालक सरोज पौडेलले बताए ।