२०८३ आश्विन १७ गते , शनिबार

दसैंको टीकाको साइत ११ः३५ बजे

sajilo news
परिवेश मिडिया
२०८२ आश्विन १ गते , बुधबार
दसैंको टीकाको साइत ११ः३५ बजे

झापा । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ ।

असोज ६ गते सोमबार बिहान ९ः१३ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा. शम्भु प्रसाद ढकालले जानकारी दिए ।  त्यस्तै असोज १६ गते बिहीबार ११ः५३ बजे दसैँको टिकाको शुभसाइत रहेको छ । 

वि.सं. २०८२ सालको विजयादशमीका शुभसाइतहरू

१. वि.सं.  २०८२ साल असोज ६ गते सोमबार– नवरात्रारम्भ, घटस्थापना बिहान ९ः१३ बजे

२. वि.सं. २०८२ साल असोज ७ गते मङ्गलबार– झण्डा फेर्ने, बिहान ९ः५३ बजे (पूर्व मोहडा)

३. वि.सं. २०८२ साल असोज ११ गते शनिवार श्रीपचलीभैरव यात्रा ।

४. वि.सं. २०८२ साल असोज १३ गते सोमबार– फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७:१७ बजे

५. वि.सं. २०८२ साल असोज १४ गते मङ्गलवार महाष्टमी, कालरात्रि

६. वि.सं. २०८२ साल असोज १५ गते बुधवार– महानवमी स्थिरासन बिहान ९ः२३ बजे

७. वि.सं. २०८२ साल असोज १६ गते बिहीवार– विजया दशमी, देवी विसर्जन, बिहान ९ः२३ बजे

टीका बिहान ११ः५३ बजे (पूर्व मोहडा) (टीका लगाइमाग्ने पूर्व फर्किने)

श्री तुलजाभवानी यात्रा, दिवा १२ः१९ बजे स्थिरासन दिवा १ः१७ बजे, खड्गयात्रा ।

८. वि.सं. २०८२ साल असोज २० गते सोमबार– अखिलबलिपूर्ति ।

वि.सं. २०८२ साल असोज २० गते सोमवार कोजाग्रतव्रत, पूर्णिमाव्रत ।

सम्बन्धित समाचार