२०८३ बैशाख ५ गते , शनिबार

बिर्तामोडमा जेनजीको विरोध र्यालीपछि कोणसभा

sajilo news
परिवेश मिडिया
२०८२ भाद्र २३ गते , सोमबार
बिर्तामोडमा जेनजीको विरोध र्यालीपछि कोणसभा

बिर्तामोड । झापाको बिर्तामोडमा जेनजीले बृहत र्‍याली प्रदर्शन गरेको छ । प्रदर्शनमा सयौं युवा पुस्ता सहभागी भएका छन् ।
सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् । उनीहरू प्लेकार्ड सहित विद्यालय पोशाकमा नै प्रदर्शनमा सहभागी भएका छन् ।
विभिन्न नारा लेखिएको प्लेकार्ड सहित बिर्तामोड परिक्रमा गरेका उनीहरुले मुक्तिचोकमा आएर कोणसभा गरिरहेका छन् । सहभागीहरूले केपी चोर देश छोड जस्ता नारा लगाएका छन् ।
प्रदर्शनका कारण मुक्तिचोकमा यातायात प्रभावित बनेको छ । प्रहरीले यातायातलाई अन्यत्रबाट डाइभर्ट गरिरहेका छन् भने सुरक्षाका निमित्त नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको छ । 

सम्बन्धित समाचार