२०८३ आश्विन १७ गते , शनिबार

प्रहरी महानिरीक्षक खापुङले आजबाट जिम्मेवारी सम्हाल्दै

sajilo news
परिवेश मिडिया
२०८२ भाद्र १८ गते , बुधबार
प्रहरी महानिरीक्षक खापुङले आजबाट जिम्मेवारी सम्हाल्दै

झापा । नेपाल प्रहरीका ३२औँ महानिरीक्षक बनेका चन्द्रकुबेर खापुङले आजबाट जिम्मेवारी सम्हाल्दैछन् । ३१औँ आईजीपी दीपक थापाको विदाइसँगै खापुङले जिम्मेवारी सम्हाल्न लागेका हुन् ।

२०८१ चैत ४ गते आईजीपी नियुक्त थापा प्रहरी सेवामा प्रवेश गरेको ३० वर्षे अवधी पूरा गरी आज अवकास हुन लागेका हुन् । उनले आईजीपीका रुपमा ६ महिनाभन्दा केही दिन बढी जिम्मेवारी सम्हाले ।

उनीसँगै एआईजी टेकबहादुर तामाङ र सुदीप गिरी पनि ३० वर्षे सेवाअवधी पूरा गरी आजै अवकासमा जाँदैछन् । उनीहरु २०५२ भदौ १८ मा नेपाल प्रहरीको इन्स्पेक्टर दर्जामा भर्ना भएका थिए । उनीहरुको अवकासपछि नेपाल प्रहरीमा चार एआईजी पद रिक्त हुँदैछ ।

एआईजी कृष्णहरि शर्मा पोखरेल  गत साता उमेर हदका कारण अवकास भएका छन् । अर्का एआईजी चन्द्रकुवेर खापुङ आजदेखि आईजीपी बन्दैछन् । प्रधान कार्यालयस्थित अडिटोरियम हलमा आयोजना गरिने कार्यक्रममा अवकास हुने आईजीपी थापाले आफ्नो उत्तराधिकार नवनियुक्त आईजीपी चन्द्रकुबेर खापुङलाई हस्तान्तरण गर्दैछन् ।

सम्बन्धित समाचार