२०८३ बैशाख ५ गते , शनिबार

हेर्नुहोस् मुटु जोगाउने ७ उपाय

sajilo news
परिवेश मिडिया
२०८२ भाद्र ७ गते , शनिबार
हेर्नुहोस् मुटु जोगाउने ७ उपाय

काठमाण्डौ पछिल्लो समय नेपालमा उच्च रक्तचापको समस्याले मुटु रोगीको संख्या बढाइरहेको उपचारमा हुने हेल्चक्य्राइँले यो समस्यालाई झनै गम्भीर बनाएको सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रका पूर्वनिर्देशक तथा मुटु रोग विशेषज्ञ डा. चन्द्रमणि अधिकारी बताउँछन्

डा. अधिकारीका अनुसार उच्च रक्तचाप नियन्त्रण गरी मुटुलाई स्वस्थ राख्न रक्तचापका कारण हुने जोखिम कम गर्न विभिन्न टिप्स अपनाउन सकिन्छ

१. नियमित रक्तचाप परीक्षण : ७९ प्रतिशत वयस्कलाई रक्तचाप भएकै थाहा हुँदैन त्यसैले नियमित रूपमा आफ्नो रक्तचाप जाँच गराउनुहोस् यो नै पहिलो सबैभन्दा महत्त्वपूर्ण कदम हो

२. नुन कम खाने : नेपालीको खानामा नुनको प्रयोग अत्यधिक हुन्छ विश्व स्वास्थ्य संगठनले दिनमा प्रतिव्यक्ति ग्रामभन्दा कम नुन खान सिफारिस गरे पनि हामी औसतमा ९.१ ग्राम नुन खाने गर्छौं खानामा नुन कम गर्नुपर्छ अचार, पापड बजारका खानेकुराबाट जोगिनुपर्छ

३. औषधि नियमित खाने : रक्तचाप भएर औषधि खाइरहेका बिरामीले चिकित्सकको सल्लाहविना औषधि खान छाड्नु हुँदैन तथ्यांक अनुसार जम्मा ४.१ प्रतिशत बिरामीले मात्र नियमित उपचारबाट रक्तचाप नियन्त्रणमा राखेका छन् आफूलाई ठिक महसुस भए पनि औषधि खान छाड्न हुँदैन

४. शारीरिक व्यायाम गर्ने : निष्क्रिय जीवनशैलीले पनि रक्तचाप बढाउँछ दिनमा कम्तीमा ) मिनेट हिँड्ने, दौडने वा कुनै व्यायाम गर्ने बानी बसाल्नुपर्छ यसले रक्तचाप नियन्त्रण गर्न मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ

५. स्वस्थ खाना : आफ्नो खानामा हरियो सागपात, फलफूल गेडागुडी समावेश गर्नुपर्छ चिल्लो, तारेको प्रशोधित खानेकुरा कम गर्नुपर्छ स्वस्थ खानाले शरीरको तौल नियन्त्रणमा राख्छ, जसले रक्तचाप घटाउन सहयोग गर्छ

६. तनाव कम गर्ने : अत्यधिक तनावले रक्तचाप बढाउन सक्छ तनाव व्यवस्थापन गर्न योग, ध्यान वा आफूलाई मन पर्ने काममा समय दिनुपर्छ पर्याप्त निन्द्रा पनि उत्तिकै जरुरी

७. मध्यपान धूम्रपान त्याग्ने : मध्यपान धूम्रपानले रक्तनलीलाई कडा बनाउँछ रक्तचाप बढाउँछ त्यसैले यस्ता कुराबाट टाढै रहनुपर्छ

उच्च रक्तचाप एक मौन रोग हो, जसले थाहै नपाई मुटु, मिर्गौला मस्तिष्कमा असर पुर्याउन सक्छ

सम्बन्धित समाचार