२०८३ बैशाख ६ गते , आईतबार
एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि
झापा । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आउँदो मंसिर १ गते (नोभेम्बर १७) देखि हुने भएको छ ।
बिहीबार सामाजिक सञ्जालमार्फत एनपीएल २०२५ नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म हुने जानकारी दिइएको हो ।
एनपीएलका लागि खेलाडीको मिनी अक्सन सम्पन्न भइसकेको छ । एनपीएलको पहिलो संस्करण सुदूरपश्चिम रोयल्सलाई हराउँदै जनकपुर बोल्टसले जितेको थियो।