२०८३ बैशाख ५ गते , शनिबार

झापाली महिला सहकारीकर्मीलाई उत्प्रेरणात्मक कार्यक्रम

sajilo news
परिवेश मिडिया
२०८२ भाद्र ४ गते , बुधबार
झापाली महिला सहकारीकर्मीलाई उत्प्रेरणात्मक कार्यक्रम

झापा झापा जिल्ला सहकारी संघ लि.ले उत्प्रेरणात्मक कार्यक्रम आयोजना गरेको तीजको अवसर पारेर महिला सहकारीकर्मीहरूका लागि एक दिने उत्प्रेरणात्मक कार्यक्रम आयोजना गरेको हो

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमकी प्रमुख अतिथीसमेत रहेकी बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रादेवि महतारा प्रसाईले सहकारी प्रतिको दृष्टिकोण व्यवहार दुवैलाई सकारात्मक एवं नकारात्मक कोणहरूबाट मन्थन गरेर आफ्नो धारणा बनाउन सुझाव दिइन्

पुरुष प्रधान समाज भएर होला दिनभर सँगसँगै काम गरेका श्रीमान श्रीमती घर पुगेपछि श्रीमतीले छोराछोरी, सासू ससुरा भात भान्सो गर्नुपर्ने तर श्रीमान चाहिँ यत्तिकै बसिरहेको देख्दा समानता कागजमा मात्रै सीमित रहेको हो कि ! भन्दै जिज्ञासा व्यक्त गरिन्

कार्यक्रमलाई नेपाल जेसीजका राष्ट्रिय प्रशिक्षक रश्मी शिल्पकारले सहजीकरण गरेकी थिइन् उनले महिला सशक्तिकरण तथा नेतृत्व विकासका सम्बन्धमा प्रशिक्षण दिएकी थिइन्

कार्यक्रममा संस्थाका सचिव भवानीप्रसाद दंगालले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै जिल्ला सहकारी सङ्घको वर्तमान अवस्थाका बारेमा तथ्याङ्क प्रस्तुत गरेका थिए

उनका अनुसार झापामा ७५६ वटा सहकारी संस्थाहरू क्रियाशील रहेको तीमध्ये ४९३ वटा संस्था जिल्ला संघमा आबद्ध रहेको जानकारी दिए देशैभर सहकारी सङ्घ संस्थाहरूमा समस्या उत्पन्न भएको भएपनि कोशी प्रदेशमा न्यून संख्यामा मात्र समस्या रहेको पाइएको उनको भनाई

संघ अन्तर्गत महिला उपसमितिको आयोजना तथा संयोजक देवी निरौला बस्नेतको अध्यक्षतामा आयोजित कार्यक्रम जिल्ला संघका सदस्य देवीकुमारी अधिकारीले सञ्चालन गरेकी थिइन् कार्यक्रममा सहभागीहरूलाई सञ्चालक सदस्य नीलाकुमारी दाहालले स्वागत गरेकी थिइन्

सम्बन्धित समाचार