सुनसरीबाट फरार कैदी बिर्तामोडमा पक्राउ
बिर्तामोड । सुनसरी कारागारबाट फरार एक कैदीलाई प्रहरीले झापाको वितरणबाट पक्राउ गरेको छ। साउन २८ गते सुनसरी कारागारको पर्खाल नागेर फरार भएका व्यक्ति शनिबार बिहान बिर्तामोडबाट पक्राउ परेका हुन् ।
जबरजस्ती करणी कसूरमा सजाय भोगिरहेका जिल्ला खोटाङ, दिप्रुङचुचुमा गाउपालिका वडा नं. २ बस्ने वर्ष २८ को रुपक पौडेललाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका वडा नं. १० बिराटपोखरबाट शनिबार बिहान ६ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
पौडेललाई जिल्ला अदालत सुनसरीबाट जबरजस्ती कसूरमा १३ वर्ष कैद ५ लाख जरिवाना र ३० हजार रुपैया क्षतिपुर्ति सजाय तोकिएकोमा सुनसरी कारागारमा सजाय भोगिरहेका थिए । थप अनुसंधानको लागि निजलाई जिल्ला प्रहरी कार्यालय सुनसरी पठाउने तैयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।