२०८३ बैशाख ६ गते , आईतबार

विषाक्त मदिरा सेवन गर्दा कुवेतमा १६ नेपालीसहित २३ को मृत्यु

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण ३० गते , शुक्रबार
विषाक्त मदिरा सेवन गर्दा कुवेतमा १६ नेपालीसहित २३ को मृत्यु

झापा । खाडी मुलुक कुवेतमा तीन दिनको अवधिमा १६ जना नेपालीको मृत्यु भएको छ । विषाक्त मदिरा सेवनका कारण तीन दिनको अवधिमा १६ जनाको मृत्यु भएको नेपाली दूतावास कुवेतका श्रम सहचारी गिरीप्रसाद आचार्यले जानकारी दिए । अन्य देशका गरी शुक्रबारसम्म २३ जनाको मृत्यु भइसकेको गल्फ न्युजले जनाएको छ ।

उनका अनुसार ३० भन्दा बढी नेपाली कामदार बिरामी रहेको र उनीहरूको कुवेतका विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी प्राप्त भएको छ । यसबारेमा कुवेत सरकारले दूतावासलाई प्रारम्भिक जानकारी उपलब्ध गराइसकेको बताउँदै उनले विस्तृत विवरण लिने क्रममा रहेको बताए ।

उनका अनुसार  कुवेतमा मदिरा प्रतिबन्ध रहेको छ । तर लुकीछिपी बेचबिखन हुने र सोही मदिरा किनेर सेवन गर्दा ठुलो संख्यामा नेपाली प्रभावित भएका हुन् ।

हामी निरन्तर कुवेतका अधिकारीहरूसँग सम्पर्कमा छौँ । हामी थप विवरण लिने क्रममा अहिले छौँ, उनले भने । सबै प्रक्रिया पूरा भएपछि मृतकहरूको शव नेपाल पठाउन दूतावासले आवश्यक सहजीकरण गर्ने उनले बताए । नेपाल पत्रकार महासंघ कुवेत शाखाले समेत सो घटनाको बारेमा विज्ञप्तिमार्फत जानकारी गराएको छ ।   

कुवेतमा हाल १ लाख ३० हजार नेपाली कार्यरत रहेको बताइएको छ ।

 

सम्बन्धित समाचार