२०८३ आश्विन १६ गते , शुक्रबार

स्वस्तिक लघुवित्तको आइपीओ खुल्यो

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण ३० गते , शुक्रबार
स्वस्तिक लघुवित्तको आइपीओ खुल्यो

बिर्तामोड । आम सर्वसाधारणका लागि स्वस्तिक लघुवित्त वित्तीय संस्थाको आईपीओ खुलेको छ ।

सर्वसाधारणका लागि कम्पनीको १ लाख ९५ हजार १९५ कित्ता सेयर खुलेको हो । वैदेशिक रोजगारमा रहेकालाई यसअघि नै सेयर बाँडफाँट भइसकेको छ । भदौ ३ गतेसम्म आईपीओमा आवेदन दिन सकिनेछ ।

न्यूनतम १० तथा अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । अनलाइन प्रणाली मेरो सेयर तथा आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सकिनेछ । बिक्री प्रवन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ ।

गत चैत मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ ४० पैसा छ भने प्रतिसेयर आम्दानी ७ रुपैयाँ ३३ पैसा छ । कम्पनी ३ करोड १६ लाख सञ्चित नाफामा छ । सिरहा जिल्लाको लाहानमा प्रमुख कार्यालय रहेको यो लघुवित्र् प्रादेशिक स्तरको हो । इक्रा नेपालबाट कम्पनीले बी रेटिङ प्राप्त गरेको छ ।

सम्बन्धित समाचार