२०८३ बैशाख ६ गते , आईतबार

जबरजस्ती करणी गरि फरार अभियुक्त पक्राउ

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण २८ गते , बुधबार
जबरजस्ती करणी गरि फरार अभियुक्त पक्राउ

बिर्तामोड । जबर्जस्ती करणी गरि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । झापा गौरादह नगरपालिका वडा नं. ९ झमकचौक बस्ने  वर्ष ५० को
डिक बहादुर राईलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो।
एक नाबालिकालाई जबर्जस्ती करणी गरि गर्भवती बनाएको अभियोगमा प्रहरीले आज राईलाई लुकिछिपी बसिरहेको अवस्थामा शिवसताक्षी नगरपालिका वडा नं. ६ शिवगंजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
राई विरुद्ध २०८२ जेठ २८ गते ईलाका प्रहरी कार्यालय झिलझिलेमा घट्नाबारे जानकारी गराईएकोमा जबरजस्ती करणी कसूर दर्ता भई राईको खोजतलास भइरहेकोमा आज पक्राउ गरिएको जिप्रका झापाका सूचना अधिकारी डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । उनलाई जबरजस्ती करणी कसूरमा जिल्ला अदालत झापामा उपस्थित गराई ५ दिन म्याद लिई अनुसन्धान तथा कारवाही भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार