२०८३ बैशाख ६ गते , आईतबार

कक्षा १२ मा कसैको पनि आएन जीपीए ४

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण २० गते , मंगलबार
कक्षा १२ मा कसैको पनि आएन जीपीए ४

काठमाडौं । कक्षा १२ को नतिजामा कसैले पनि ४ जीपीए नल्याएको पाइएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजामा जीपीए ३.९६ सम्म मात्र ल्याएका छन् ।
‘४ जपीए कसैको पनि आएको देखिएन । ३.९६ सम्म आएको छ’, परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भने ।
बोर्डले सार्वजनिक गरेको नतिजामा ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी १३ हजार ५०२, ३.२१ देखि ३.६० जीपीए ल्याउने ५५ हजार ८९६, २.८१ देखि ३.२० जीपीए ल्याउने ९४ हजार २६८, २.४१ देखि २.८० जीपीए ल्याउन ६९ हजार ८१२, २.०१ देखि २.४० जीपीए ल्याउने ८ हजार ९६४ र १.६१ देखि २.०० जीपीए ल्याउने विद्यार्थी २३ जना छन् ।
अघिल्लो वर्षको तुलनामा यस वर्ष कक्षा १२ को नतिजामा सुधार देखिएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजामा अघिल्लो वर्षभन्दा यो वर्ष ९ प्रतिशतले परीक्षामा सुधार देखिएको हो ।
नतिजा अनुसार ६१.१७ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । गत वर्ष ५२ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए ।
बोर्डका अनुसार नियमिततर्फ ३ लाख ९६ हजार ३४७ र आंशिकतर्फ १ लाख १४ हजार ६४० गरी ५ लाख १० हजार ९८७ जना विद्यार्थीले परीक्षा दिएका थिए ।
जसमध्ये २ लाख ४२ हजार ४६५ जना नियमिततर्फ र आंशिकतर्फ ४१ हजार ८४० जना गरी कुल २ लाख ८४ हजार ३०५ विद्यार्थी ग्रेडेड भएका हुन् । नियमिततर्फ १ लाख ५३ हजार ८८२ जना विद्यार्थी ननग्रेडेड भएका छन् ।
बोर्डका अनुसार नियमिततर्फ ११ र आंशिकतर्फ ६ गरी १७ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ ।

सम्बन्धित समाचार