२०८३ बैशाख ५ गते , शनिबार
कक्षा १२ को नतिजा सार्वजनिक, पूरक परीक्षा भदौ २८ र २९ गते हुने
झापा । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार साँझ बोर्डले नतिजा सार्वजनिक गरेको हो ।
कक्षा १२ को परीक्षा गत वैशाख २१ गते देखि सञ्चालन गरिएको थियो ।
परीक्षामा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी सहभागी भएका थिए ।
त्यस्तै आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।
पूरक परीक्षा(ग्रेड वृद्धि) आगामी भदौ २८ र २९ गते हुने बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए ।