२०८३ आश्विन १७ गते , शनिबार

रिभोलुसन एजुकेशनको पाँचौ शाखा बिर्तामोडमा

sajilo news
परिवेश मिडिया
२०८२ असार २८ गते , शनिबार
रिभोलुसन एजुकेशनको पाँचौ शाखा बिर्तामोडमा

बिर्तामोड ।  विदेशमा  अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिन  रेव एजुकेशन प्रालिद्वारा सञ्चालित रिभोलुसन  एजुकेशनले बिर्तामोडमा शाखा विस्तार गरेको छ ।  पूर्वका विद्यार्थीहरुलाई लक्षित गरी रिभोलुसनले  पाँचौ  शाखा बिर्तामोडमा खोलेको हो । 

सन् २०१४ सालमा  काठमाण्डौंको महाराजगंज चक्रपथमा मुख्य कार्यालय स्थापना गरेको  रिभोलुसनको  काठमाण्डौंको बागबजार ,  धनगढी र  बुटवलमा  शाखा कार्यालय संचालित छ ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का निवर्तमान  केन्द्रीय अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी प्रकाश पाण्डेले  आज एक कार्यक्रमका बीच  बिर्तामोड शाखाको उद्घाटन गरेका छन् ।  उनले रिभोलुसनलाई  सानो गल्ती गर्ने रतिभर छुट नभएको भन्दै  विद्यार्थी र अभिभावक सुरक्षित भए मात्र  शैक्षिक परामर्शदाता सुरक्षित रहने बताए ।   उनले विदेश  अध्ययनमा गएका आफ्ना छोराछोरीलाई अभिभावकहरुले कामको बारेमा मात्र नसोधेर त्यहाँको  शिक्षा र स्वास्थ्यका बारेमा  सोधीखोजी गरिदिन आग्रह गरे ।

रिभोलुसनले  अष्ट्रेलिया, अमेरिका,  युके र क्यानडा पढ्न जान चाहनेहरुका लागि शैक्षिक परामर्श दिने कार्यक्रममा जानकारी दिइयो । कार्यक्रममा कमेडी च्याम्पियन सिजन ३ का विजेता सुनिल खड्काले हास्यव्यंग प्रस्तुती दिएका थिए ।

रिभोलुसन एजुकेशनका प्रवन्ध निर्देशक आशिष रायमाझीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । रायमाझी इक्यानको केन्द्रीय सदस्य हुन् । कार्यक्रममा  इक्यान झापाका अध्यक्ष रोशन सुवेदीले  शुभकामना मन्तव्य राखेका थिए ।  कार्यक्रमको संचालन  रिभोलुसन एजुकेशन बिर्तामोड शाखाका सिइओ सन्दीप ओलीले गरेका थिए ।

सम्बन्धित समाचार