२०८३ बैशाख ६ गते , आईतबार

६ राउण्ड गोली प्रहार गरी दुई लागूऔषध कारोबारी पक्राउ

sajilo news
परिवेश मिडिया
२०८२ असार २४ गते , मंगलबार
६ राउण्ड गोली प्रहार गरी दुई लागूऔषध कारोबारी पक्राउ

बिर्तामोड झापामा प्रहरीले गोली प्रहार गरी लागूऔषध कारोबारी पक्राउ गरेको प्रहरीको गोली प्रहारबाट एक जना लागूऔषध कारोबारी घाइते भएका छन्

प्रहरीले भारत बिहार राज्य, किशनगञ्ज जिल्ला बस्ने बर्ष ३५ को मनिसुर आलम कचनकवल गाउँपालिका बस्ने बर्ष ५५ का नशुरुद्धिन मियालाई पक्राउ गरेको हो आलमको साथबाट वटा प्लाष्टिकको पोकामा प्लाष्टिकबाहेक १०३ ग्राम ७० मिलिग्राम मियाको साथबाट प्लाष्टिकबाहेक १०२ ग्राम १० मिलिग्राम ब्राउनसुगर बरामद गरेकोे जिल्ला प्रहरी कार्यालय झापाले जनाएको

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार मंगलबार साँझ ५ः२० बजे भद्रपुर चिया पसलनजिक हुलाकी राजमार्गमा जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षक बिजय चौहान लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट प्रहरी नायव निरीक्षक कुमार सोमेश लामिछाने समेतको जनाको संयुक्त टोलीले बिशेष सूचनाको आधारमा शंकास्पद रुपमा हिडिरहेका आलम मियालाई चेकजाँच गर्न खोज्दा प्रहरीमाथि हातपात गरी भाग्न खोजेपछि नियन्त्रणमा लिनको लागि चाईनिज ठुलो तथा सानो पेस्तोलवाट ३/ राउण्ड गोली फायर गरी उनीहरुलाई पक्राउ गरिएको हो

मियाको दाहिने खुट्टाको पिँडुलामा एक राउण्ड गोली लागेको सामान्य घाइते भएका मियालाई ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचार गरी जिप्रका झापामा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको

 

सम्बन्धित समाचार