२०८३ आश्विन १६ गते , शुक्रबार

चिकित्सकले आइतबार कार्यास्थलमा धर्ना दिने

sajilo news
परिवेश मिडिया
२०८२ असार २१ गते , शनिबार
चिकित्सकले आइतबार कार्यास्थलमा धर्ना दिने

बिर्तामोड । आन्दोलनरत चिकित्सकहरूले नयाँ आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरू आन्दोलनरत छन् ।

संघको सोमबार बसेको बैठकले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको महासचिव डा. सञ्जिव तिवारीले जानकारी दिए ।

उनका अनुसार, आन्दोलनका नयाँ कार्यक्रममा स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने, मेडिकल काउन्सिलको प्रमाणपत्र बुझाउने लगायतका कार्यक्रम तय भएका छन् ।

जस अनुसार, असार २४ गते मंगलबार चिकित्सकले काउन्सिलमै लगेर काउन्सिलले दिएको प्रमाणपत्र बुझाउने घोषणा गरेका छन् ।

उपभोक्ता अदालतको निर्णयलाई चुनौती दिँदै चिकित्सकहरू आन्दोलनमा छन् । आइतबार कार्यस्थलमा एक घण्टा धर्ना दिने कार्यक्रम पनि रहेको छ ।

सम्बन्धित समाचार