सिदार्थ बैकद्वारा बिर्तामोड उद्योग वाणिज्य संघलाई ४५ थान डस्टबिन प्रदान
झापा, असार १८ । सिद्धार्थ बैंक लिमिटेड शाखा बिर्तामोड झापाले बिर्तामोड उद्योग बाणिज्य संघलाई डस्टबिन बितरण गरेको छ । सिद्धार्थ बैंक लिमिटेड शाखा बिर्तामोड झापाले सामाजिक उत्तरदायित्व वहन गर्दै ४५ थान डस्टबिन बिर्तामोड उद्योग बाणिज्य संघलाई हस्तान्तरण गरेको हो ।
सिद्धार्थ बैंक लिमिटेड कोशी प्रदेश प्रमुख सुवास श्रेष्ठ र बिर्तामोड शाखा प्रमुख सुवास श्रेष्ठले बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपानेलाई डस्टविन हस्तान्तरण गरेका थिए ।
सिद्धार्थ बैंकले प्रदान गरेको डस्टबिन बिर्तामोड नगरलाई स्वच्छ सफा राख्न मद्दत पुग्ने बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले बताए ।
अध्यक्ष न्यौपानेले बिर्तामोडका बिभिन्न स्थानमा डस्टबिन राखिने बताउँदै आगामी दिनमा पनि सिद्धार्थ बैंकबाट यस्तै सहयोगको अपेक्षा गरे ।
कार्यक्रममा सिद्धार्थ बैंक लिमिटेड कोशी प्रदेश प्रमुख श्रेष्ठले संस्थागत सामाजिक उत्तरदायित्व कार्य अन्तर्गत बिर्तामोड उद्योग बाणिज्य संघलाई डस्टविन बितरण गरेको बताए । बिर्तामोड उद्योग बाणिज्य संघले गरेको सरसफाई अभियानमा साथ दिन आफूहरूले डस्टबिन सहयोग गरेको उनले बताए । कार्यक्रमको सहजीकरण महासचिव कुशल खतिवडाले गरेका थिए ।
यसैबीच संघलाई डस्टबिन प्रदान गरेर वातावरण स्वच्छ राख्ने अभियानमा सहयोग पु¥याएको भन्दै वैंकलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो ।