२०८३ आश्विन १६ गते , शुक्रबार

पेट्रोलियम पदार्थको मूल्य वृद्धि, आजबाट लागू हुने

sajilo news
परिवेश मिडिया
२०८२ असार १७ गते , मंगलबार
पेट्रोलियम पदार्थको मूल्य वृद्धि, आजबाट लागू हुने

बिर्तामोड । पेट्रोलियम पदार्थमा उच्च मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले सोमबारसाँझ प्रेस विज्ञप्ति जारी गर्दै यसबारेमा जानकारी दिएको हो । मंगलबार (आज)बाट लागू हुने गरी पेट्रोलमा ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ४ रुपैयाँ मूल्य बढाइएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै आन्तरिक हवाई इन्धनमा ७ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलोलिटर ६० डलर मूल्य बढेको छ ।

सम्बन्धित समाचार